पर्यटन

जनवरीमा ९२ हजार ५७३ पर्यटक नेपाल भित्रिए

काठमाडौँ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३ पर्यटक नेपाल भित्रिएका छन्। बोर्डले दिएको जानकारी अनुसार गत वर्षको जनवरीको तुलनामा १५.७ प्रतिशत बढी पर्यटक नेपाल भित्रिएका हुन्। जनवरीमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतीय रहेका छन्। जनवरीमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका थिए।चीनबाट नौ हजार १०१, […]

२०८२ माघ २० गते, सोमबार

कृत्रिम खुट्टाको सहारामा सातै महादेशका शिखर आरोहण !

काठमाडौँ । कृत्रिम खुट्टाको सहायतामा अन्टार्टिकाको माउन्ट भिन्सन (४,८९२ मिटर) आरोहण गर्दै हरि बुढामगरले विश्वका सातवटै महादेशका अग्ला शिखर आरोहण गर्ने कीर्तिमान कायम गर्नुभएको छ । उहाँले यही पुस २२ गते माइनस २५ डिग्री चिसोकाबीच शिखरमा पाइला टेक्नुभएको हो ।पूर्व गोर्खा सैनिकसमेत रहनुभएका ४६ वर्षीय बुढामगर रोल्पाको मिरुल गाउँमा जन्मिनुभएको हो । सन् २०१० मा […]

२०८२ पुष २८ गते, सोमबार

‘राम्चेडाँडा’ पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै

काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको सो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की जिल्लाका केही स्थान देखिन्छ । साथै उत्तरतिर हिउँले ढाकिएका माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरि, धवलागिरिलगायत मनमोहक हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न पाइने भएकाले पनि राम्चेडाँडा आन्तरिक […]

२०८२ पुष ८ गते, मंगलवार

पोखरा सडक महोत्सव पुस १३ गतेदेखि

काठमाडौँ । पोखरा सडक महोत्सवको २७ औं संस्करण आगामी पुस १३ देखि १७ गतेसम्म सञ्चालन हुने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले यसबारे जानकारी गराएको हो । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेक साइडमा करिव साढे ३ किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन हुने बताइएको छ ।सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ भन्ने मूल […]

२०८२ पुष २ गते, बुधबार

१९ औं हात्ती तथा पर्यटन महोत्सव पुस ११ देखि

काठमाडौँ । १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ पुस ११ देखि १३ गतेसम्म चितवनको सौराहामा आयोजना हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल, चितवनको आयोजनामा तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडको मुख्य सह–आयोजनामा महोत्सव हुन लागेको हो ।काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै महोत्सव रत्ननगर नगरपालिकाको संरक्षकत्वमा आयोजना हुने र उद्घाटन बागमती प्रदेशका […]

२०८२ पुष २ गते, बुधबार

कोरियाली पर्यटन प्रवर्द्धनका लागि टान र काटाबीच समझदारी

काठमाडौँ । नेपालमा कोरियाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेकिङ एजेसिस् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा)बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका लागि कोरियाली राजदूत पार्क ते–यङको उपस्थितिमा टानका अध्यक्ष सागर पाण्डे र महासचिव सोनाम ग्याल्जेन शेर्पा तथा काटाका उपाध्यक्ष किम वियोम्जे र महासचिव वे योङ याङले सो समझदारीपत्रमा हस्ताक्षर […]

२०८२ पुष १ गते, मंगलवार

बाघ गणना सुरु

काठमाडौँ । आजदेखि बाघ गणना सुरु हुँदै छ । नेपाल सरकारले क्यामेरा ट्र्यापिङ विधिबाट अनुसार गर्न लागेको बाघ गणना तीन महिनासम्म चल्ने छ । बाघको वर्तमान अवस्था पत्ता लगाउन प्रत्येक चार वर्षमा बाघ गणना हुने गर्दछ । सोही अनुसार आज पुस १ गतेदेखि चितवन र पर्सा राष्ट्रिय निकुञ्जबाट बाघ गणना सुरु हुन लागेको हो ।चितवन, […]

२०८२ पुष १ गते, मंगलवार

हिउँ चितुवा अध्ययन सुरु

काठमाडौँ । मुस्ताङमा बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले हिउँ चितुवाको संख्या पत्ता लगाउन क्यामेरा ट्यापिङमार्फत अध्ययन सुरु गरेका छन्। अध्ययनअन्तर्गत वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाका उच्चलेकमा १५ भन्दा बढी क्यामेरा जडान गरिएका छन्।जलवायु परिवर्तनले हिउँ चितुवाको आहारा र बासस्थान प्रभावित भई मानव र हिउँ चितुवाबीच द्वन्द्व बढेको छ।२२ मंसिर. मुस्ताङ । हिमाली जिल्ला […]

२०८२ मंसिर २३ गते, सोमबार

विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू हुँदै

काठमाडौँ । अध्यागमन विभागले आगामी जनवरी १ देखि ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्ने भएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले पर्यटकहरूको सुरक्षाको सुनिश्चितता, सूचना प्रवाहमा सहजता, पर्यटन प्रवद्र्धन, र अपराध नियन्त्रणका लागि उक्त प्रणाली लागू गर्न लागिएको बताए । उनले नेपाल प्रवेश गर्ने विदेशी नागरिकको गतिविधि र आवाससम्बन्धी विवरण राज्यलाई अनिवार्य रूपमा थाहा […]

२०८२ मंसिर १९ गते, बिहीबार

पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार

काठमाडौँ। विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ ।पशुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए । कोषले फलामको बार हटाएपछि धेरै भक्तजनले यसको स्वागत गरेका छन् । यस्तैमध्येका एक हुन् संस्कृतिविद् हरिप्रसाद सोडारी । पशुपतिनाथ मूल मन्दिरभित्रको फलामे रेलिङ […]

२०८२ मंसिर १९ गते, बिहीबार