खेल

आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि

काठमाडौँ । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्ताराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप माघ २७ देखि हुने भएको छ। आयोजकले उक्त फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार २५औँ संस्करणको सो प्रतियोगितामा विदेशका तीन र नेपालका आठ गरी १२ टोलीले उपाधिका लागि प्रस्पिर्धा गर्नेछन्। अध्यक्ष थापाले […]

२०८२ माघ २६ गते, आईतवार

टी-२० विश्वकप : नेपाल इङ्ल्याण्डसँग भिड्दै

काठमाडौँ । टी-२० विश्वकपअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा दुईपटकको विश्व च्याम्पियन इङ्ल्यान्डको सामना गर्नेछ। मुम्बईको वानखडे रंगशालामा दिउँसो सवा तीन बजेबाट सुरु हुने खेलमा नेपाल टेस्ट टोलीलाई हराउने लक्ष्यसाथ मैदानमा उत्रनेछ। इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना गर्न लागेको हो। इङ्लिस कप्तान ह्यारी ब्रुकले नेपाललाई कमजोर नसोचेको प्रिम्याच प्रेस कन्फरेन्समा बताएका छन्।घरेलु क्रिकेटमा सम्पन्न इङ्ल्यान्डसँग […]

२०८२ माघ २६ गते, आईतवार

टी-२० विश्वकपको दशौँ संस्करण शुरु

काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा दशौँ संस्करणको टी(ट्वान्टी विश्वकप शनिवार औपचारिक रूपमा शुरु हुँदै छ। प्रतियोगिताको उद्घाटनको दिन तीन खेल आयोजना हुँदै छ। श्रीलंकाको कोलम्बोस्थित आर। प्रेमदासा स्टेडियम (वा सिन्हलीज स्पोर्ट्स क्लब ग्राउन्ड) मा पाकिस्तान र नेदरल्याण्ड्सबीचको खेलसँगै विश्वकपको औपचारिक सुरुआत हुनेछ। अन्य खेलहरूमा वेस्ट इन्डिज र स्कटल्यान्ड (कोलकाताको इडेन गार्डेन्समा) तथा आयोजक […]

२०८२ माघ २५ गते, शनिबार

भारतले जित्यो आईसीसी यू-१९ विश्वकपको उपाधि

काठमाडौँ । भारतले आइसीसी यू-१९ क्रिकेट विश्वकप जितेको छ । शुक्रबार भएको फाइनल खेलमा भारतले इङल्याण्डलाई १०० रनले पराजित गर्दै उपाधि जितेको हो । भारतले दिएको ४१२ रनको लक्ष्य पछाएको इङल्याण्डले ४०.२ ओभरमा अल आउट हुदै ३११ रन बनाएर अलआउट भएको थियो ।इङल्याण्डका लागि कालेब फाल्कोनेरले शतकीय पारी खेल्दै ११५ रन बनाएका थिए भने बेन […]

२०८२ माघ २५ गते, शनिबार

बुढासुब्बा गोल्डकप फुटबल आजदेखि : धरान र जर्जियन क्लबबीच प्रतिस्पर्धा हुने

काठमाडौँ । २०५५ सालदेखि धरान फुटबल क्लबले सञ्चालन गर्दै आएको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण धरान रंगशालामा आजदेखि शुरू हुने भएको छ । बुढासुब्बा गोल्डकप काठमाडौं उपत्यकाबाहिर आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हो । प्रतियोगिताको उद्घाटन खेल बिहीबार दिउँसो साढे २ बजे आयोजक धरान फुटबल क्लब र भारतको जर्जियन क्लबबीच प्रतिस्पर्धा हुने […]

२०८२ माघ २३ गते, बिहीबार

आईसीसी टी–२० विश्वकप वार्म–अप खेल : नेपालद्वारा यूएई पराजित

काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ को पहिलो वार्म–अप खेलमा नेपालले प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध ७ विकेटको शानदार जित निकालेको छ । सुरुवातमै तीन विकेट गुमाएर दबाबमा परेको नेपाललाई उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले उत्कृष्ट साझेदारी गर्दै जितको बाटोमा फर्काएका हुन्। दुवैले चौथो विकेटका लागि १०८ रनको अविजित साझेदारी गर्दै टोलीलाई सहज […]

२०८२ माघ २२ गते, बुधबार

पाकिस्तानद्वारा टी-२० विश्वकपको खेल बहिष्कार गर्ने घोषणा

काठमाडौँ । पाकिस्तानले टी-२० विश्वकपमा भारत विरुद्धको खेल बहिष्कार गर्ने घोषणा गरेको छ। आइसिसी टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा सुरु हुँदैछ। पाकिस्तान सरकारले एक्समा लेखेको छ , “इस्लामिक गणतन्त्र पाकिस्तानको सरकारले पाकिस्तान क्रिकेट टोलीलाई आइसीसी टी-२० विश्वकप २०२६ मा भाग लिन अनुमोदन गरेको छ। यद्यपि, पाकिस्तान क्रिकेट टोली १५ फेब्रुअरी २०२६ मा […]

२०८२ माघ २० गते, सोमबार

आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को एसिया क्षेत्र २०२६ को सम्मेलन नेपालमा आयोजना हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । आगामी वैशाख ३ र ४ गते काठमाडौंमा आईसीसी २०२६ को एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । सम्मेलनमा एसिया क्षेत्रमा क्रिकेटको विकासका लागि रणनीतिक प्राथमिकता, विकास कार्यक्रम, शासनसम्बन्धी विषय […]

२०८२ माघ १९ गते, आईतवार

नेपाल महिला टी-२० विश्‍वकप छनोटमा समूह चरणबाटै बाहिरियो

काठमाडौँ । नेपाल आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ। टीयू क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएसँगै समूह चरणबाट बाहिरिएको हो। स्कटल्याण्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल ६८ रनमै रोकियो। नेपालका लागि रोमा थापा र विन्दु रावलले समान १४ र रुविना क्षेत्रीले १० रन […]

२०८२ माघ १३ गते, सोमबार

महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाल नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौँ । काठमाडौंमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ । समूह ‘बी’ अन्तर्गतको उक्त खेल विहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो भने नेदरल्यान्ड्सले जिम्बाबे र स्कटल्यान्डलाई हराइसकेको छ ।महिला टी-२०आई वरियतामा नेदरल्यान्ड्स १४औं स्थानमा छ । नेपाली टोली […]

२०८२ माघ ९ गते, बिहीबार