राजनीति

निर्वाचन आयोगले निर्वाचन सामग्री केन्द्रबाटै पठाउने

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ। सहायक प्रवक्ता प्रकाश न्यौपानेले आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाउने र ३७ प्रकारका निर्वाचन सामग्री जिल्लामा व्यवस्थापन गर्ने सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए।आयोगबाट प्रत्येक निर्वाचन क्षेत्रमा पठाइने सामग्रीमा तालिम र मतदान केन्द्रका लागि […]

२०८२ माघ २६ गते, आईतवार

मतदाताको गोपनीयता सार्वजनिक गरे कारबाही !

काठमाडौँ । जिल्ला निर्वाचन कार्यालय काठमाडौंले सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनीयता भङ्ग गरेको भन्दै आपत्ति जनाएको छ । निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिताको पालना गर्न ध्यानाकर्षण गराउँदै मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य नगर्न/नगराउन अनुरोध गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम […]

२०८२ माघ २६ गते, आईतवार

‘निर्वाचन कसैले बिथोल्न सक्दैन’

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताउदै निर्वाचन कसैले बिथोल्न नसक्ने बताएका छन् । आयुक्त भण्डारीले सुरुमा शान्ति सुरक्षाको विषयमा के–कसो हुने भन्ने जिज्ञासा रहेता पनि अब त्यस्तो नरहेको बताउदै भने- ‘यो शताब्दीकै सुरक्षाको सन्दर्भमा पेचिलो छ, भनेर निर्वाचन घोषणा भएको भोलिपल्टदेखि हामीले छलफल सुरु गरेका हौँ।आयुक्त भण्डारीले विद्रोहपछि […]

२०८२ माघ २४ गते, शुक्रबार

६० जिल्लाको मतपत्र छपाइ कार्य समाप्त

काठमाडौँ । निर्वाचन आयोगले प्रत्यक्षतर्फको निर्वाचनका लागि ६० जिल्लाको मतपत्र छपाइको काम सकेको जनाएको छ । आयोगले २५ जिल्लाको त प्याकिङको काम पनि सम्पन्न भइसकेको समेत जनाएको छ । आयोगले उपलब्ध गराएको विवरणअनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा र अछामको मतपत्र छपाइ र प्याकिङको काम सम्पन्न भएको […]

२०८२ माघ २४ गते, शुक्रबार

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । स्वर्गीय भट्टराईको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रलोपा नेता जन्मदेव जैसीले जनाएका छन् । डा. भट्टराईको सचिवालयका अनुसार, उनको अन्त्यष्टि आज बिहान ११ बजे पशुपति विद्युत् […]

२०८२ माघ २३ गते, बिहीबार

निर्वाचन आयोगद्वारा कार्यविधि जारी

काठमाडौँ । निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार-प्रसार खर्चलाई पूर्ण रूपमा बैंकिङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार-प्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ।आयोगको यही माघ २० गते बसेको बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो। निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ र दफा ५०, निर्वाचन आचारसंहिता, […]

२०८२ माघ २३ गते, बिहीबार

समानुपातिकतर्फको बन्दसूचीमा महिलाको संख्या अत्यधिक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको पाइएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूचीको नामावली अनुसार एक हजार सात सय ७२ जना महिला छन्। यस्तै, पुरुष एक हजार तीन सय ६३ जना छन्। समानुपातिकतर्फ ६३ राजनीतिक दल […]

२०८२ माघ २२ गते, बुधबार

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेना परिचालन

काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि बुधबारबाट नेपाली सेना परिचालन भएको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजनाअन्तर्गत बुधबारबाट देशभर ७९ हजार ७२७ सेना खटिँएका छन् । उनीहरूले आवश्यकताअनुसार गस्ती गर्ने बताइएको छ ।सहायक रथी बस्नेतले भने – संवेदनशील क्षेत्र तथा मतदानस्थलहरुको अवस्था हेरेर संयुक्त गस्ती […]

२०८२ माघ २२ गते, बुधबार

प्रतिनिधिसभा निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम गरिएको जानकारी दिएको छ । आयोगले यो संख्या फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेहरूको भएको जनाएको छ । मंगलबार आयोगले क्षेत्रगत रूपमा मतदाता संख्याको विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।निर्वाचन आयोगका […]

२०८२ माघ २१ गते, मंगलवार

निर्वाचन आयोगद्वारा काठमाडौँ महानगरसंग स्पष्टीकरण माग

काठमाडौँ । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ । आयोगले निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेपश्चात महानगरपालिकाले ७० वर्ष र सो भन्दा माथिका नागरिकलाई घर घरमा गई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको भन्ने विषयमा महानगरपालिकालाई पत्र लेखेको हो । यस सम्बन्धमा कार्यबाहक नगर प्रमुखले दिएको अभिव्यक्तिको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएको भन्दै आयोगले […]

२०८२ माघ २१ गते, मंगलवार