स्वास्थ्य / शिक्षा

एचपीभी खोप अभियान सुरु

काठमाडौँ । एचपीभी खोप अभियान आजदेखि सञ्चालन हुँदैछ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आजदेखि आगामी फागुन १५ गतेसम्म ह्युमन प्यापिलोमा भाइरसविरुद्धको एचपीभी खोप लगाइने भएको हो। अभियानमा कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा द्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई खोप दिइने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभएको छ […]

२०८२ माघ २६ गते, आईतवार

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्यधिक :कडा नियमन गर्न माग

काठमाडौँ । नेपाल चिकित्सक संघले दैनिक प्रयोगमा आउने दन्तमञ्जन (टुथपेस्ट) सहित सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्यधिक रहेकाले कडा नियमन गर्न माग गरेको छ। संघका महासचिव डा. सञ्जिव तिवारीद्वारा जारी विज्ञप्तिमा यसबारे उच्च सतर्कता आवश्यक रहेको उल्लेख छ।दैनिक प्रयोगमा आउने तुथपेष्टलगायत मुख तथा दन्त सरसफाइका सामग्रीसहित अन्य विभिन्न सौन्दर्य सामग्रीमा मानव स्वास्थ्यका लागि हानिकारक सिसा (लिड) […]

२०८२ माघ २५ गते, शनिबार

किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

काठमाडौँ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले माघ २५ गतेदेखि फागुन १५ गतेसम्म ११ देखि १४ वर्ष उमेरका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने भएको छ । महाशाखाले माघ २५ देखि फागुन १५ गतेसम्म खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको छ ।महाशाखाले आ–आफ्नो विद्यालय, नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा गएर खोप […]

२०८२ माघ २३ गते, बिहीबार

विश्व क्यान्सर दिवस मनाइँदै

काठमाडौँ । आज फ्रेबअरी ४ तारिख अर्थात् विश्व क्यान्सर दिवस। हरेक वर्ष फ्रेबअरी ४ तारिखका दिन क्यान्सारका बारेमा सचेतना जगाउने कार्यक्रमहरु गरी दिवस मनाइन्छ। नेपालमा पनि क्यान्सर रोगीको संख्या बढिरहेका बेला चेतनामूलक कार्यक्रम गरेर क्यान्सरविरुद्धको दिवस मनाउने गरिएको छ।क्यन्सर रोग निबारणका लागि सरकारीसँगै विभिन्न गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रमहरुको आयोजना गरेका छन्। नेपाल अर्वुद रोग निवारण […]

२०८२ माघ २२ गते, बुधबार

स्वास्थ्य बीमा : बीमितले पाउने सुविधा कटौती

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको सञ्चालक समितिको बैठकले बीमितले पाउने सुविधा कटौती गरेको छ । स्वास्थ्य बीमामा आवद्ध नागरिकले अब बहिरंग (ओपीडी) मा उपचार गरेबापत वार्षिक २५ हजार रुपैयाँभित्रको मात्रै सेवा पाउने भएका छन् । बोर्डको व्ययभार कम गर्ने उद्देश्यले यस्तो निर्णय लिनु परेको बोर्डले जारी सूचनामा उल्लेख छ ।बोर्डको यो निर्णयसँगै ओपीडीमा भएको स्वास्थ्य […]

२०८२ माघ २१ गते, मंगलवार

अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइदै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइदैछ । २०१८ मा संयुक्त राष्ट्र सङ्घको महासभाले शान्ति र विकासका लागि शिक्षाको भूमिकाको उत्सव मनाउन जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसको रूपमा घोषणा गरे अनुसार हरेक बर्ष जनवरी २४ मा विश्वभर शिक्षा दिवस मनाउने गरिन्छ । नेपालमा हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने गरिन्छ । यस […]

२०८२ माघ ११ गते, शनिबार

बाल सुधार गृहमा झडप र आगजनी

काठमाडौँ । भक्तपुरको मध्यपुरथिमि–२ सानोठिमीस्थित बाल सुधार गृहमा दुई पक्षबीच झडप र आगजनी भएको छ । प्रहरीले गएराति बाल सुधार गृहमा राखिएका दुई समूहबीच झडप, आगजनी र तोडफोड समेत भएको जनाएको छ । प्रहरीले झडप नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरीको टोली परिचालन गर्नुपरेको बताइएको छ । झडपको जानकारी पाएपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना […]

२०८२ माघ १० गते, शुक्रबार

एसइई परीक्षा चैत १९ गतेदेखि(तालिकासहित)

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो । जस अनुसार चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ ।त्यस्तै चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान […]

२०८२ माघ ९ गते, बिहीबार

१६ वटा विद्यार्थी संगठनद्वारा महान्यायधिवक्ता सविता भण्डारीको राजीनामा माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी)सहित १६ वटा विद्यार्थी संगठनले महान्यायधिवक्ता सविता भण्डारी राजीनामा माग गरेका छन्। १६ वटा विद्यार्थी संगठनले आईतबार संयुक्त बिज्ञप्ति जारी गर्दै रविसहितका व्यक्तिहरूको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको निष्पक्ष छानबिन तथा अनुसन्धान हुनु पर्ने बताउदै महान्यायधिवक्ता सविता भण्डारी राजीनामा माग गरेका हुन्।१६ वटा विद्यार्थी संगठनले राष्ट्रिय स्वतन्त्र पार्टीका […]

२०८२ माघ ६ गते, सोमबार

गंगालाल हृदय केन्द्रद्वारा स्वास्थ्य बीमा कार्यक्रम बन्द

काठमाडौँ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना बापत केन्द्रले पाउनुपर्ने रकम उपलब्ध नभएकाले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिनाइ भएको जनाउदै स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेकाे छ । अस्पताल प्रशासनको अनुसार १ माघदेखि अर्को सूचना नआएसम्म बीमा कार्यक्रम बन्द रहनेछ । यस अवधिमा स्वास्थ्य बीमा अन्तर्गतका सेवा उपलब्ध नहुने जनाइएको छ […]

२०८२ माघ २ गते, बिहीबार