अर्थ

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडौँ । आज डिसेम्बर ९ अर्थात भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस। सन् २००३ मा संयूक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको थियो । संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष ९ डिसेम्बरका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो ।यस वर्षको अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस को […]

२०८२ मंसिर २४ गते, मंगलवार

रतुवा-केशलिया सडकको ठेक्का तोडियो

काठमाडौँ । हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा-केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ। हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि हेटौंडासँगको ठेक्का सम्झौता अन्त्य गरेको जनाएको छ।सडक स्तरोन्नति तीन वर्षभित्र सम्पन्न गर्नेगरी कम्पनीसँग २०७६ कात्तिक २३ मा ८३ करोड ९९ लाख रुपैयाँमा (करसहित) ठेक्का सम्झौता भएको थियो। […]

२०८२ मंसिर २४ गते, मंगलवार

उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६२० रूपैयाँ

काठमाडौँ । सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६२० रूपैयाँ कायम गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उखुको समर्थन मूल्य तोकेको हो ।अघिल्लो बर्ष सरकारले प्रतिक्विन्टल ६५५ रुपियाँ निर्धारण गरेको थियो ।यसबर्ष सरकारले प्रतिक्विन्टल ३५ रुपैयाँ घटाएको छ । सरकारले उखुको समर्थन मुल्य २०८०-८१ मा ६३५, २०७९-८० मा ६१०, २०७८-७९ मा ५९० तोकेको थियो ।कृषि […]

२०८२ मंसिर २४ गते, मंगलवार

रिलायन्स स्पिनिङ्गले आईपीओ बिक्री गर्ने

काठमाडौँ । रिलायन्स स्पिनिङ्ग मिल्सले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले मंसिर २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्न लागेको हो । सर्वसाधारण लगानीकर्ताहरुलाई छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिक्री गर्ने […]

२०८२ मंसिर २२ गते, आईतवार

तिला जलविद्युत्‌को लागत सात अर्बभन्दा बढी !

काठमाडौँ । तिला जलविद्युत्को ३८ दशमलव ०७ मेगावाटको बिजुली उत्पादन गर्न करिब रु सात अर्बभन्दा बढी लाग्ने भएको छ । उक्त कार्यको लागि जुम्लाको तिला गाउँपालिका–१ र ७ कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ को प्रभावित क्षेत्रको पहिलो चरणको प्रारम्भिक वातारणीय परीक्षण प्रतिवेदन उपर सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको तिला जलविद्युत् आयोजनाका […]

२०८२ मंसिर २१ गते, शनिबार

अमेरिकी डलरसँगै युरो घट्दा पाउण्ड बढ्यो

काठमाडौँ । अमेरिकी डलरको भाउमा शुक्रबार गिरावट आएको छ। यस्तै, युरोपियन युरो पनि घटेको छ भने बेलायती पाउण्ड स्टर्लिङ बढेको छ।आज १ अमेरिकी डलरको खरिद दर १४३.६७ रुपैयाँ रहँदा बिक्री दर १४४.२७ रुपैयाँ छ। बिहीबार १ अमेरिकी डलरको खरिद दर १४४.०१ रुपैयाँ र बिक्री दर १४४.६१ रुपैयाँ थियो।यस्तै, १ युरोपियन युरोको खरिद दर आज १६७.७३ […]

२०८२ मंसिर २० गते, शुक्रबार

राष्ट्र बैंकद्वारा अधिकृतदेखि सहायकसम्म ७६ जना कर्मचारी माग

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज एक विज्ञापन प्रकाशन गर्दै गर्दै तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणीमा सहायकसम्म ७६ जना कर्मचारी परिपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।राष्ट्र बैंकले तृतीय श्रेणीमा अर्थशास्त्रतर्फ १ जना, व्यवस्थापक तर्फ एक जना, प्रशासनतर्फ ‍३९ जना, लेखातर्फ १० जना, वाणिज्य कानुनतर्फ ४ जना सहायक निर्देशक मागेको छ।त्यस्तै द्वितीय श्रेणीतर्फ २१ जना […]

२०८२ मंसिर २० गते, शुक्रबार

अलैँचीको मूल्य ओरालो लाग्यो !

काठमाडौँ । गत कात्तिक २३ गते फुङ्लिङ बजारमा प्रतिमन (४० केजी) अलैँची एक लाख दुई हजार रुपैयाँसम्ममा कारोबार भएको अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको छ। मंसिरदेखि मूल्यमा तीव्र उतार–चढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ। लगातार घट्दै आएको अलैँचीको मूल्य आज प्रतिमन ९२ हजार रुपैयाँमा झरेको छ। बुधबार प्रतिमन ९३ हजारमा व्यापार भएको अलैँची एक […]

२०८२ मंसिर १९ गते, बिहीबार

अमेरिकी डलरको मूल्य वृद्धि

काठमाडौँ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिदर १६७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९२ […]

२०८२ मंसिर १९ गते, बिहीबार

गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ । उनलाई प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको घटनामा संलग्न बताउँदै पक्राउ गरिएको हो । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको सम्बन्धमा अनुसन्धान गर्दै आएको प्रहरीले सोही अनुसन्धानको सिलसिलामा शाक्यलाई नियन्त्रणमा लिएको हो। यसअघि बैंकका सीईओ शेरचनसहित ३ जनालाई पक्राउ गरिएको […]

२०८२ मंसिर १८ गते, बुधबार